Sunday, February 5, 2012

सपना अधुरै छ

शनिबारको कान्तिपुरमा बिदाइ भएर जाने लडाकुका निराशापूर्ण कथा छापिएका छन् । नयाँ र सुन्दर नेपाल बनाउने सपनाका साथ वर्षौं लडेका र त्योभन्दा पनि अप्ठ्यारो समयमा गाह्रोसाह्रो सहँदै भयानक अनिश्चितता र अपमानका बाबजुद पनि अनुशासित रूपमा ५ वर्षसम्म क्यानटोनमेन्टमा बसेका उनीहरू निराशा र अपमानसहित नै बिदाइ भएका छन् । राजनीतिक नेतृत्वको अदूरदर्शिताले पाउनुसम्म दुःख पाएर त्यही नेतृत्वबाट उधारो सपनाको भारी लिएर उनीहरू बिदाइ भएका छन् । अगाडिको बाटो अनिश्चित छ। तर जसले जे भने पनि उनीहरूको ५ वर्षसम्मको धैर्य हेर्दा अधिकांश लडाकु शान्तिपूर्ण र अनुशासितजीवन बाँच्नेछन् भन्नेमा विश्वस्त हुन सकिन्छ । जाँदाजाँदै उनीहरूलाई भन्न चाहन्छुनयाँ र सुन्दर नेपाल बनाउने सपना हाम्रा पनि हुन्जुन पूरा भएका छैनन् । यी साझा सपना पूरा गर्न मिलेर काम गरौं ।
इन्द्रध्वज क्षेत्री
काठमाडौं 

As the melancholic condition in which the homegoing Maoist combatants are left with, I thought it important to empathize with these people and wrote a letter to the editor which was published in Kantipur Daily (Feb 5, 2012).

No comments: